0 COMMENTS

sushil-sab-yatraकाठमाडाै, माघ २६/नेपाली कांग्रेसका दिवंगत सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि दशरथ रङ्गशालामा राखिने भएको छ ।

नेपाली काङ्ग्रेसको आज बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

कांग्रेसले गरेको निर्णय अनुसार, दिगंगत कोइरालाको पार्थिव शरीर आज दिउँसो १२ बजेदेखि दशरथ रंगशालामा राखिने छ । पार्थिक शरीरको अन्तेष्ठि भने भोली बुधबार २ बजे पशुपति घाटमा गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी बैठकले १३ दिनसम्म शोक मनाउन पार्टी कार्यालय बन्द गर्ने र फागुन १ गतेपछि मात्रै महाधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।