0 COMMENTS

Indian-oil-cor-IOCकाठमाडौ २५ माघ । वीरगंज नाका खुलेपछि भारतीय आयल कर्पोरेशन आईओसीले आजदेखि रक्सौल डिपोबाट तेल दिन थालेको छ ।
शुक्रबारबाट नाका खुलेपछि आज आईओसीले करिव साढे ३ लाख लिटर तेल दिएको छ । झण्डै २ दर्जन भन्दा बढी ट्याकंरले आज रक्सौलबाटै तेल लोड पाएका हुन् । रक्सौलबाट आईओसीले १ लाख ८ हजार लिटर पेट्रोल, १ लाख ४० हजार लिटर डिजेल र १ लाख २० हजार लिटर हवाइ इन्धन दिएको छ ।

लोड भएका ट्यांकर वीरगञ्ज नाकाबाट भित्रिन सुरु गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । रक्सौलमा लोड भएका सबै ट्याकंर आजै वीरगञ्ज प्रवेश गर्नेछन् ।
रक्सौल डिपोले अपरान्हदेखि डिजेल र पेट्रोलको लोडिङ थालेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।