0 COMMENTS

काठमाडौं, २५ माघ / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल भारतसँगका सीमा नाकाहरुमा धर्ना नदिने निर्णय गरेको छ ।

यससँगै झण्डै ५ महिनादेखि मधेसी मोर्चाले नाकामा गर्दै आएको अवरोध घोषितरुपमै हट्ने भएको छ ।

भारतीय पक्षले पनि मधेसी मोर्चाको अवरोधलाई कारण देखाउँदै गर्दै आएको आनाकानीका लागि पनि अब कुनै बहाना हुनेछैन । त्यसैले मधेसी मोर्चाले औपचारिकरुपमै नाकाबन्दी फिर्ता लिएको नबताएपनि तत्काल धर्ना नदिने निर्णय गरेर नाकाबन्दी फिर्ता लिएको संकेत गरेको छ । यद्यपी स्थानीय व्यापारी र प्रशासनको बलमा शुक्रबारबाटै वीरगञ्ज नाका सुचारु भएको थियो ।

वीरगञ्ज नाका खुलेपछि एकअर्कामा आरोप-प्रत्यारोप गर्दै आएका मधेसी मोर्चाका शीर्ष नेताहरुको सोमबार बैठक बसेको थियो । बैठकले अब तत्काल नाकामा धर्ना नदिने निर्णय गर्दै अन्य दवावमूलक कार्यक्रम तय गरेको छ ।

मधेसी मोर्चामा आवद्ध ४ दलका शीर्ष ४ नेतामात्रै सहभागी बैठकले फागुन ५ गते मधेसका जिल्ला सदरमुकामहरुमा लाठी जुलुस प्रदर्शन गर्ने, ७ गते विरोधसभा गर्ने, आफ्नो ११ बुँदे मागमा हस्ताक्षर संकलन गरेर जनमत बुझ्ने लगायतका कार्यक्रम बैठकले तय गरेको छ ।

मधेसी मोर्चाले राजश्व नतिर्ने, राजमार्ग बन्द गर्ने र सीमा नाकामा धर्ना दिने कार्यक्रम भने स्थगित गरेको छ ।

Madhesi-Morcha-Press-Release-1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।