0 COMMENTS

Neha-Pun-1-1काठमाडौ २५ माघ ।कास्की प्रहरीले नायिका नेहा पुन मगरको हत्यामा सम्लग्न रहेको भएको एक जनालाई पक्राउ गरेको छ । पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्कीलाई पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।  हत्या भएको एक हप्तामा प्रहरीले हत्यारालाई पक्राउ गदै आज सार्वजनिक गरेकाे हो । माघ १८ गते पोखराको न्युरोडस्थित स्माईल क्याफेमा काम गरि फर्कन क्रममा नेहाको हत्या भएको थियो । क्याफेबाट फर्कने क्रममा उनी माघ १८ गते साँझ घर नफिर्किएपछि आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा माघ १९ गते विहान घर नजिकै हत्या भएको अवस्थामा शव फेला परेको थियो । 

दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा र्पुयाउने क्रममा २ जनाबीच भनाभन हुदाँ हेल्मेटले हानेर नेहाको हत्या गरेको एसपी हरिबहादुर पालले जानकारी दिए ।

रातभर आफूसँग सगैँ बस्न नमानेपछि नेहाको हत्या (२१ वर्षीय सतिश भन्ने कृतन खड्की काे बयान )

घटना भएको दिन गत सोमबार राती दुवै जना न्युरोडमा नै रहेको एक रेष्टुरेन्टमा बसेर खाना खाएका थिए । त्यही उनीहरुले मादक पदार्थ पनि सेवन गरेको प्रहरीले जनाएको छ । नेहालाई घर छाड्न जाने बेला सतिशले लेकसाइड जान आग्रह गरेका थिए । नेहा जान नमानेपछि नेहालार्ई बाइकमा पछाडि राखेर लगेका थिए ।

प्रहरी अनुन्धानका क्रममा बाटोमा नेहा र सतिशबीच विवाद भएको देखिएको छ । सतिशले रातभर आफूसँग सगै बस्न भनेपछि नेहाले नमानेपछि घटना भएको प्रहरीले जनाएको छ । सो क्रममा नेहाले पनि आफूलार्ई अपशब्द बोलेको र आवेगमा आएर हेल्मेटले उनको टाउकोमा हानेको सतिशले प्रहरीसमक्ष बयान दिएका छन् ।

हेल्मेटले टाउकोमा हान्नुअघि सतिशले नेहालाई लछारपछार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सडक छेउमा लडेकी नेहाको टाउकोबाट रगत देखेपछि सतिश भागेका थिए। नेहाको कल डिटेलका आधारमा सतिश पक्राउ परेका हुन् । घटना भएको दिन अबेरसम्म सतिशको मोबाइलको टावर घटनास्थलमा नै देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।