दाेलखा, माघ २५ । नेपाली कांग्रेस दोलखाको जिल्ला अधिवेशन अनिश्चित समयका लागि स्थगित भएको छ । १३ औ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोैटका लागि सोमबार तय भएका जिल्ला सभापतिको चुनाब नेता जिपिछिरिङ लामा र बर्मा लामा समूहबीच तीव्र विवाद देखिएपछि स्थगित भएको हो । अधिवेशन स्थलमा तनावपूर्ण अबस्था उत्पन्न भएको थियो । व्यानर र मतपेटिका च्यात्न थालेपछि अधिवेशन स्थगित भएको हो ।
लामाले पूर्वघोषणाविपरीत रुद्र खड्कालाई सहयोग गरेको भन्दै बर्मा लामा समूहले अधिवेशनस्थल तोडफोड गरेको छ । लामा पक्षधर राजेश श्रेष्ठले मतपेटिका फ्यालिदिएका थिए भने केही कार्यकर्ताले ब्यानर च्याते पछि अधिवेशन स्थगित भएको छ ।
आफू कुनै समूहको पक्षमा नरहने घोषणा गरेपछि लामाले शतप्रतिशत मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि चयन भएका थिए । जिल्ला अधिवेशनमा पूर्वघोषणाविपरीत समूह बनाएर सभापतिका उम्मेदवार खड्कालाई सहयोग गरेको भन्दै अरु कार्यकर्ता आक्रोसित भएका थिए । स्थिति तनावपूर्ण भएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको छ । नेतृत्वका लागि खड्कासहित बर्मा लामा, ईश्वर मानन्धर र कुन्दनराज काफ्ले अकांक्षी छन् ।