0 COMMENTS

nawayug-shresthaकाठमाडौं, माघ २४ / १२ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पुरुष फुटबलमा नेपालले भुटानलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

भारतको नेहरु रंगशालमा भएको आईतबार भएको खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेपछि नेपालको जीत सहज भएको हो । नेपालका लागि ३३ औं, ७५ औँ र ८५ औँ मिनेटमा गोल गर्दै नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरे । यस्तै विशाल राई ‘बी’ ले खेलको ४४ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर पारेका थिए । अर्को गोल खेलको ५१ औँ मिनेटमा अन्जन बिष्टले गरेका हुन् ।

समूह बी मा नेपालसहित बंगलादेश र भुटान छन् । यस्तै समूह ए मा आयोजक भारत, माल्दिभ्स र श्रीलंका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । नेपालले अर्को खेल आगामि बिहीबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।