0 COMMENTS

Belhiya-Naka-Sunauliकाठमाडौं, २४ माघ । भारतले गरेको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण चालू आर्थिक वर्षका ६ महिनामा बैदेशिक व्यापारको परिणाम १ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ। निर्यातको तुलनामा आयात बढी प्रभावित छ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म भारत र तेस्रो मुलुकबाट हुने सामान आयात २६ प्रतिशत घटेको छ। अघिल्लो वर्षको यही अबधिमा ३ खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँ रहेको आयात व्यापार यो वर्ष घटेर २ खर्ब ७७ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ।

आयातबाट हुने राजस्व २५ अर्ब ८५ करोड रुपैयाँ गुमेको छ। गत वर्ष ८८ अर्ब ९ करोड उठेकोमा यो वर्ष ६२ खर्ब २३ करोडमात्र संकलन भएको छ।

अन्य नाका खुलेपनि ५१ प्रतिशतभन्दा बढी व्यापार हुने रक्सौल नाका ठप्प रहेकाले व्यापार राजस्वमा ठूलो असर परेको हो। कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।