0 COMMENTS

ncकाठमाडौं, २४ माघ । कांग्रेसको हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा पार्टी सभापति सुशील कोइराला र उपसाभापति रामचन्द्र पौडेलका गृहजिल्लामा प्रभाव खुम्चिएको छ । कोइरालाको गृहजिल्ला बाँकेमा उनले नै सांसाद बनाएका चार बहालवाला सांसदले महाधिवेशन प्रतिनिधिमा पारजय भोगेका छन् ।

बाँके क्षेत्र नम्बर ३ बाट कोइराला निकट सांसदख अब्दूरहमिद सिद्धिकी, मैकुलाल वाल्मीकि, अर्वतआरा खान र क्षेत्र नम्बर ४ बाट आशा विक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कोइरालाकै अर्को निर्वाचन क्षेत्र चितवन ४ बाट पनि उनले मनोनित गरेका सांसद तारा वाग्ले पाराजित भएकी छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

त्यस्तै कोइरालासंग निकट रहेका सांसद तारणीदत्त चटौत पनि कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधिमा पारजित भएका छन् । कोइरालानिकट अर्की सांसद कल्पना सोव पनि डोटीबाट पारजित भएकी छन् । त्यस्तै कोइराला परिवारको लिगेसी बोकेको मारेङमा पनि कोइराला पक्षका आधा क्षेत्रीय सभापति पराजित भएका छन् ।

सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति रामचन्द्र पौडेलले पनि आफ्नै गृशजिल्ला तनहुँमा यसअघिको प्रभाव घटाएको छन् । पौडेलले तनहुँका तीनै क्षेत्रका सभापति गुमाएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा पौडेलका क्षेत्रीय सभापतिका उम्मेदवार लक्ष्मी आचार्य र क्षेत्र नम्बर ३ मा महेश भट्टराईले पराजय भोगको छन ।

पौडेलको निर्वाचन क्षेत्र २ मा भने जिल्ला सभापति ध्रुव वाग्लेका उम्मेदवारले क्षेत्रीय सभापति जितेका छन् । वाग्ले पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवा निकट हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।