0 COMMENTS

6a00d8341df99053ef017d3ce63f0f970c-800wi-1-560x372नुवाकोट, २३ माघ । काठमाडौंबाट तालिम सकेर नुवाकोट तर्फ जाँदै गरेका सैनिक चढेको बस नुवाकोटको केउरेनीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो काठमाडौंबाटबाट नुवाकोट तर्फ जाँदै गरेको बा १ ज ७५८३ नम्बरको माइक्रोबस दुर्घटना हुँदा माइक्रोमा सवार ८ जना सैनिकको घटनास्थलमै मृत्यु भएको हो भने ६ जना घाइते भएका छन् । नुवाकोट जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम मल्लले घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको जानकारी दिएका छन् । उनीहरु सेनाको परीक्षामा उत्तीर्ण भएपछि नेपाली सेनाको तालिमकेन्द्र त्रिशुली तर्फ जाँदै थिए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।