0 COMMENTS

KP-Oliकाठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण फागुन ७ मा सुरु हुने प्रारम्भिक तालिका तय भएको छ ।

१३५ दिन लगातार नाकाबन्दीपछि रक्सौल–वीरगन्ज नाका शुक्रबार केही सहज भएलगत्तै विदेश मन्त्रालयले भ्रमण तालिकाबारे दिल्लीस्थित नेपाली कूटनीतिक नियोगलाई जानकारी गराएको हो । तर प्रधानमन्त्रीको भ्रमण ‘तालिकाको अन्तिम सूची अर्थमन्त्री विष्णु पौडेलले आइतबारबाट गर्ने दिल्ली भ्रमणपछि हुनेछ । ‘तर प्रधानमन्त्रीले फागुन ७ गते भ्रमण गर्ने गरी तयारी तीव्र पारेका छन् ।
फागुन ७ मा प्रजातन्त्र दिवसको विशेष समारोहमा बिहान काठमाडौंमा सहभागी भएर ओली सोही दिन दिल्ली उत्रने छन् । प्रधानमन्त्रीले फागुन ८ मा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालका पूर्वराष्ट्रपति डा। रामवरण यादव दिल्ली आएका बेला शुक्रबार साँझ नेपाली दूतावासमा आयोजित समारोहमा पनि ओलीको भ्रमणबारे चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।