काठमाण्डाै, २२ माघ/ काठमाण्डुमा उपत्यकामा शुक्रबार राति भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पपछि सर्वसाधारण अत्तालिँदै घरबारहिर निस्केका थिए ।
गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७ दशमलब ८ रेक्टर स्केलको विनासकारी भूकम्प गएयता ४ रेक्टर स्केलमाथिका ४ सय ३० भन्दा बढी भूकम्पको पराकम्प गइसकेको छ ।लामो समयपछि भूकम्पको ठूलो धक्का महसुस भएको छ ।
प्रतिक्रिया दिनुहोस्