0 COMMENTS

काठमाण्डाै, २१ माघ– बंगलादेशमा भएको बंगबन्धु कप जितेको नेपाल लामो समयपछि फिफा बरियतामा माथि उक्लिएको छ ।

लामो समयदेखि बरियतामा ओरालो लागेको नेपाल यसपाली भने ८ स्थान माथि उक्लिदै १८८ औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १९६ औँ स्थानमा थियो ।
दक्षिण एसियामा सबैभन्दा पछि परेको नेपालले नयाँ बरियतामा भुटान र श्रीलंकालाई पछि पारेको छ ।
दक्षिण एसियामा अफगानिस्तान १५४, माल्दिभ्स १५७, भारत १६२, बंगलादेश १७७, पाकिस्तान १८५, श्रीलंका १८९ र भुटान १९३ औँ सथानमा रहेका छन् ।

बरियतामा बेल्जियम पहिलो, अर्जेन्टिना दोश्रो र स्पेन तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।