0 COMMENTS

मन्त्रीसहित २० सांसदको विदेश भ्रमण अस्वीकृत
शान्तिमन्त्री एकनाथ ढकालले आफ्नो एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट दक्षिण कोरिया जाने सांसदसहित २० जनाको भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लग्न खोजेका थिए । क्रिस्चियन धर्म प्रचारमा सक्रिय उनको एनजिओको नियमित डोनरले २९ माघदेखि ४ फागुनसम्म सिओलमा गर्ने कार्यक्रममा सांसदहरूले भाग लिने तयारी थियो । तर, मुख्यसचिवले प्रस्ताव नै फिर्ता गरिदिए । मन्त्री आफैँले आफ्नो भ्रमणको कार्यक्रम स्वीकृत गर्न लगेको प्रस्ताव पनि मन्त्रिपरिषद्ले अस्विकृत गरिदिएको छ ।

Eknath-Dhakal

किन फिर्ता भयो प्रस्ताव ?
मुख्यसचिव डा. सोमलाल सुवेदीले भिभिआइपीको विदेश भ्रमण कार्यविधिविपरीत र सभामुखको स्वीकृतिविनै प्रस्ताव आएकाले मन्त्रिपरिषद्मा लैजान नमिल्ने भन्दै फिर्ता गरिदिएका थिए । ‘मन्त्री र सांसदहरूको टोली विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रवद्र्धन गर्ने कार्यक्रममा जान लागेको पाइयो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘देशलाई फाइदा नहुने देखेर नै प्रस्ताव फिर्ता पठाइएको हो ।’

शान्तिमन्त्रीबाटै भ्रमण र भत्ताको प्रलोभन
क्रिस्चियन धर्मका अनुयायी मन्त्री ढकालले सांसदहरूलाई डलरमा भत्तासहित विदेश भ्रमणको प्रलोभनमा धर्म प्रवद्र्धन कार्यक्रममा सहभागी गराउने योजना बनाएका थिए । जाने–आउने, बस्ने, खाने, घुम्ने सबै खर्च व्यहोर्दै दैनिक दुईदेखि तीन सय डलर भत्ता दिने गरी भ्रमणको तयारी मिलाइएको थियो ।

यसअघि पनि गइसकेका छन् थुप्रै नेता
ढकालले नेताहरूलाई विदेश भ्रमण गराउन खोजेको यो पहिलोपटक भने होइन । यसअघि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीलगायतका विभिन्न नेता तथा समाजमा प्रतिष्ठित व्यक्तिहरूले उनकै एनजिओमार्फत कोरिया भ्रमण गरेका छन् । तर, यसपालि उनी मन्त्री भएकाले भ्रमण कार्यक्रम मन्त्रिपरिषद्बाटै पारित गराउन खोजेका थिए ।

को–को सांसद हुन् कोरिया जाने तयारीमा ?
एकनाथ ढकाल
शान्ति तथा पुनर्निर्माणमन्त्री
मन्त्रिपरिषद्बाट भ्रमण प्रस्ताव अस्वीकृत भए पनि अन्य विकल्पमार्फत कोरिया लैजाने आश्वासन मन्त्री ढकालले सांसदहरूलाई दिएका छन् ।

भानुभक्त ढकाल (एमाले)
हितराज पाण्डे (एमाओवादी)
डोरप्रसाद उपाध्याय (एमाओवादी)
वविना मोक्तान (राप्रपा नेपाल)
छाया शर्मा पन्त (संघीय फोरम)
डिलबहादुर नेपाली (संघीय फोरम)
दुर्गा पौडेल (राष्ट्रिय जनमोर्चा)
डा. गणेश गुरुङ (एमाले)
हरिप्रसाद उप्रेती (एमाले)
जयदेव जोशी (नेकपा संयुक्त)
जयन्द चन्द (राप्रपा)
कमला विश्वकर्मा (नेकपा माले)
खड्गबहादुर बस्याल (कांग्रेस)
कृष्णभक्त पोखरेल (एमाले)
पार्वता डिसी चौधरी (कांग्रेस)
ओमदेवी मल्ल (कांग्रेस)
रामनारायण बिडारी (एमाओवादी)
श्रीमाया थकाली (एमाले)
मिलनकुमार राजवंशी (परिवार दल)
रवि शर्मा अर्याल (सहसचिव, संसद्)

नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।