0 COMMENTS

China_flagकाठमाडौं, २१ माघ । परराष्ट्रमन्त्री कमल थापाले १४ पुसमा चीनबाट फर्केर प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने बताएका थिए । तर, १६ पुसमा भारतीय समकक्षी मोदीले ओलीलाई टेलिफोन गरे ।

ओली र मोदीबीच नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदान भयो । मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिए । त्यसको १२ दिनपछि २८ पुसमा प्रधानमन्त्री ओलीले सरोकारवाला मन्त्री र सचिवहरूलाई बोलाएर भारत भ्रमणमा प्रस्तुत गर्ने पुराना र नयाँ एजेन्डाको तयारी गर्न भने र समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए । ७ देखि ११ फागुनसम्ममा प्रधानमन्त्री भारत जाने तयारी भइरहेको छ ।

परराष्ट्रमन्त्री थापाले भने चीनसँग स्वतन्त्र व्यापार सम्झौता र पारवहन सन्धि हुने र त्यसको तयारी भइसकेको बताएका थिए । तर, चीनसँग पछिल्ला दिनमा यसबारे कुराकानीसमेत भएको छैन ।

‘अहिलेसम्म त्यस्तो केही तयारी गर्न भनिएको छैन, हामी अनभिज्ञ छौँ,’ वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीभन्दा माथिल्लो निकायबाट केही भएको भए थाहा भएन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।