0 COMMENTS

madhesi-morcha2काठमाडौँ, माघ २१ । प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एक÷दुई दिनभित्र पुनः वार्ता हुने भएको छ ।

लामो समयको संवादहीनता तोड्दै केही दिनअघि वार्तामा बसेको मोर्चाले आफ्ना घोषित सात दिने आन्दोलनका कार्यक्रम सकेसँगै वार्ता प्रक्रिया सुरु गर्न लागेको हो ।
मोर्चा घटक दलका अध्यक्षहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्रराय यादव भोलिसम्म काठमाडौँ आउने बताइएको छ ।
वार्ताका लागि गठित कार्यदलका दुई सदस्य नेपाली काँग्रेसका नेता महेश आचार्य र तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी राजधानी बाहिर रहेकाले पनि वार्ता हुन सकेको छैन् ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाका शीर्ष नेता राजधानी आएसँगै वार्ता प्रक्रिया सुरु हुने बताए । उहाँले जारी आन्दोलनको स्वरुप परिवर्तनबारे पनि दुई दिनभित्रै मोर्चाको बैठक बसेर साझा धारणा तय गर्ने उनको भनाई थियो। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।