0 COMMENTS

काठमाडौं, १८ माघ । सरकारी जग्गा हडप्ने गिरोहविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले विशेष अभियान थालेका छन् ।

मालपोत र नापीका कर्मचारीसँग मिलेर अर्बौं रुपैयाँ बराबरका जग्गा किर्ते गर्ने व्यक्ति तथा समूह खोजीमा दुवै निकाय सक्रिय बनेका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरस्थित करिब ५०० रोपनी जग्गामा एक वर्षदेखि प्रहरीले सुरक्षा दिइरहेको छ ।

अख्तियारले १ वर्षमा काठमाडौंसहित देशभर गिरोहको सेटिङबाट व्यक्तिको नाममा नामसारी गरिएको करिब ७०० रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता ल्याएको छ ।

अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले फिर्ता भएको जग्गासँगै दलाल र सरकारी कर्मचारी पनि कारबाहीमा परेको बताए । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।