0 COMMENTS

 sushil-koiralaकाठमाडौं, १८ माघ । कांग्रेस सभापति सुशील कोइरालालाई पार्टीको १३ औँ महाधिवेशनमा उम्मेदवार नबन संस्थापन पक्षकै प्रभावशाली नेताहरुले दबाब दिएका छन्।

पार्टी सञ्चालनको कार्यशैली र असोज २५ मा प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेका कारण कार्यकर्तामा असन्तुष्टि बढेको भन्दै उम्मेदवार नहुन दबाब दिइएको हो ।

उनीहरुले १२ औँ महाधिवेशनजस्तो अवस्था यसपटक नरहेको भन्दै कोइरालालाई सजग रहनसमेत आग्रह गरे। तर कोइरालाले भित्रभित्रै उम्मेदवारीको तयारी गरिरहेको स्रोतको भनाई छ। संस्थापन पक्षबाट उम्मेदवार तय गर्न सभापति कोइरालाले आइतबार साँझ महाराजगन्जस्थित निवासमा बोलाएको बैठकमा उपसभापति रामचन्द्र पौडेलले आफ्नो पक्षमा उम्मेदवारी निर्णय गर्न आग्रह गरेका थिए।

उनले आफूल धेरै अघि बढिसकेको बताउँदै पछि नहट्ने बताए। तर पौडेलप्रति दोस्रो पुस्ताका नेताहरुले समर्थन जनाएनन्। महामन्त्रीद्वय प्रकाशमान सिंह। कृष्णप्रसाद सिटौला, डा. रामशरण महत र अर्जुनरसिंह केसीले पार्टीको तीन शीर्ष नेतृत्वप्रति नै कार्यकर्ताको धारणा नकारामत्मक रहेको भन्दै दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।

संस्थापन पक्षभित्र कोइराला र पौडेल दोस्रो पुस्ताका नेतालाई उम्मेदवार बनाउन भूमिका खेल्नुपर्ने भन्दै उनीहरुले नेतृत्वका लागि आ–आफ्नो दाबी पनि कसे । १२ औं महाधिवेशनको तुलनामा यसपटक शेरबहादुर देउवाको अवस्था सुदृढ रहेको निष्कर्षसमेत निकालिएको थियो । कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।