0 COMMENTS

झापा, १७ माघ । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् । बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार होटलको २०७ नं कोठामा हिजो साँझ ७ बजेतिर सुरुङ्गा–५ का ५० वर्षीय मनोरथ पाठक मृत अवस्थामा भेटिएका हुन् ।

माघ ११ गतेदेखि होटलको कोठा बुक गरी एक अपरिचित महिलासँग बस्दै आएका पाठकलाई साँझपख मृत देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएका थिए ।

कोठाको ओछ्यानमा मृत भेटिएका पाठकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको हुँदा मृत्युको कारण हत्या हो कि होइन अहिल्यै भन्न नसकिने प्रहरीको भनाइ छ ।

परीक्षण गर्न शवलाई मेची अञ्चल अस्पताल लगिएको छ । पाठकको मृत्युपछि उनीसँगै होटलमा बस्दै आएकी अपरिचित महिला फरार रहेको प्रहरीले जनाएको छ । फरार महिलाको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।