0 COMMENTS

 माघ १७, रौतहट । बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण तकनिकी प्रकोष्टको जिल्ला अध्यक्ष संजय सिंहले मधेशीको माग पूरा नहुनुको कारण मधेशी नै भएको बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपाल रौतहट शाखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले सो कुरा बताएका हुन् । कार्यक्रममा अध्यक्ष सिंहले मधेश आन्दोलन विगत ६ महिना देखि चल्दै आएकोमा ६० भन्दा बढी मधेशी जनता सहिद भईसकेको र मधेश आन्दोलन कमजोर हुनु वा माग सम्बोधन नहुनुको मुख्य कारण मधेशी जनताहरु नै स्वयम् रहेको बताए । उनले केहि मधेशी जनताहरु आफनो हक अधिकारका लागि आन्दोलन गर्दै सहिद बनेको अवस्थामा मधेशकै कतिपय जनताहरु आफनो स्वार्थका लागि डिजल, पेट्रोल , ग्यास एवं खाद्ध्यान्न लगायत अन्य आवश्यक समाग्रीहरु तस्करी गरिरहेको आरोप लगाए । उनले यस्तै गतिबिधिका कारण काठमाडौँमा नाकाबन्दीको प्रभाव नदेखिएको र माग सम्बोधन नभएको उनको भनाई थियो ।

कार्यक्रममा उनले मधेश आन्दोलनमा जनता दल यूनाईटेड पार्टी , विहार सरकार , भारतीय सरकार लगायत भारतीय जनताहरुको पूर्ण समर्थण सहयोग पाउने आशा रहेको भन्दै मधेशी र बिहारको सम्बन्ध नंग र मासुको जस्तो रहेको बताए । सिंहले मधेशीको माग जायज भएकाले यथा शिघ्र सम्बोधन गरी नेपालमा सुख, शान्ति, अमन चयन कायम गर्नको लागि नेपाल सरकारसँग अनुरोध गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु पटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भारत विहारका जदयू नेताहरु ब्रजकिशोर सिंह, अशोक सिंह, मुकेश जयसवाल, बिरेन्द्र सिंह, देवीलाल सिंह, राजेश सिंह उर्फ राजाबाबु त्यस्तै मधेशी नेतामा नेपाल सदभावना पार्टीका युवा नेता धन्नजय मिश्रा , सं.स.फोरम विधार्थी नेता प्रकाश यादव, युवा समाजसेवी खुरशैद अलि, संचारकर्मी अमित कुमार ठाकुर लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।