0 COMMENTS

KP-Oliकाठमाडौं १६ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ देखि ११ सम्म भारत भ्रमणको तयारी गरेका छन् ।

भारतीय अधिकारीहरुसँगको औपचारिक छलफलपछि संविधान संशोधनपछि मधेसी दलको आन्दोलन मत्थर भएको र नाका पनि सहज हुने मुल्यांकन गर्दै ओली भारत जान लागेका हुन् । भारत लगत्तै ओली चीनका पनि भ्रमणमा जानेछन् । चीनसँग द्विपक्षीय रणनीतिक महत्त्वको सम्झौता गर्ने तयारी छ । कान्तिपुरबाट

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल माघ २४ दिल्ली जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा पौडेल तीन दिनका लागि दिल्ली जान लागेका हुन् ।

पौडेलेको भ्रमणपछि प्रधानमन्त्री भ्रमणको मिति औपचारिक सार्वजनिक हुनेछ । तर फागुन ७ देखि ११ गते सम्म भ्रमण गर्ने गरी अनौपचारिक मिति प्रस्तावित छ ।

प्रधानमन्त्रीको भ्रमण अघि अर्थमन्त्री आइदिए हुन्थ्यो भन्ने मनसाय भारतीय पक्षले प्रकट गरेपछि पौडेल त्यहाँ जान लागेका हुन् । ‘अर्थ मन्त्रीले प्रधानमन्त्री भ्रमणको तयारी गर्ने र पुनर्निर्माण सम्बन्धि छलफलमा भाग लिनुहुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्रमामिला विज्ञ गोपाल खनालले भने । उनका अनुसार मन्त्री पौडेलले दिल्ली गएकै दिन विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गर्ने छन् ।

माघ २५ गते अर्थमन्त्री अरुण जेट्लीसँग भेट्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने त्यही गएपछि भेट्ने समय निर्धारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।