0 COMMENTS

Mahantha-thakurकाठमाडौ, १६ माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माघ १८ गते पछि नाका खोल्ने कुरा मनगढन्ते भएको बताएका छन ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ १८ गतेपछि नाका खुल्छ भन्ने कुरा कहाँबाट आयो हामीलाई थाहा छैन । त्यो मनगढन्ते कुरो हो । नाकाबन्दीको विषयमा मोर्चाको अर्को बैठकमा छलफल हुन्छ । अनिमात्रै के हुन्छ भन्ने हुन्छ भन्ने थाहा हुन्छ । अहिले नाकाबन्दी यथावत छ । २० गतेभित्र मोर्चाको बैठक बस्छ । त्यो बैठकले सबै समिक्षा गर्छ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष ठाकुरले अबको बैठकले मधेस आन्दोलनको अहिलेसम्मको सम्पूर्ण कार्यक्रमको समिक्षा गर्ने जानकारी दिदै बैठकपछि कार्यक्रम परिवर्तन भएर विभिन्न कार्यक्रम आउन सक्ने र नाकाबन्दी देखि कतिपय आन्दोलनका कार्यक्रम पुर्नविचारमा नपरे यथावत रहने सम्भावना ब्यक्त गरे ।
उनले आफूहरुको माग संविधान संसोधनले आंशिक रुपमा मात्रै संबोधन भएकोले मोर्चा असन्तुष्ट नै रहेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । आन्दोलन वर्षौ जान सक्छ, राजतन्त्रको विरोधमा हामी चार वर्ष सडकमैथियौ । कहिलेसम्म हुन्छ राज्यमा भर पर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तयारीमा रहेकोले नाका छाड्न भारतको दवाव पर्ला नि त ? भन्ने जिज्ञासामा ठाकुरले भने,‘ यीनीहरुको मात्रै होईन, जनताले हामीहरु साथमा छौ, आन्दोलन नरोक्न जनताको दवाव छ ।’
नाकाबन्दीले असर गरेको विषयमा सोधेको प्रश्नमा उनले यस्तो प्रश्न सरकारलाई गर्न सुझाव दिदै आफूहरुको सवाल भनेको यो देशमा बस्न पाउने कि नपाउने भन्ने रहेको बताए । उनले भने,‘ हामीले जुन स्वायत्तताको माग गरेका छौ, त्यो दिने कि नदिने, मधेसमा अहिले जति पनि ज्यान गुमाएका छन ती नागरिक हुन कि होईन ? यसको जवाफ दिनु पर्छ । जबसम्म नागरिकले अधिकार पाउँदैन तबसम्म आन्दोलन जारी रहन्छ ।’
बार्तालाई आफूहरुले कहिल्यै पनि अस्विकार नगरेको स्पष्ट पार्दै भने,‘अहिलेसम्म २६ चोटी बार्ता भयो तर परिणाम आएन । संविधान संसोधनमा पनि हामीलाई समेटेनन । यसरी आफू खुसी गर्दै जाने भए बार्ताको के औचित्य ? दुनियाँलाई देखाउन सरकार बार्ताको कुरा गर्छ तर आफू बार्तामा सिरियस छैन ।’
प्रधानमन्त्रीको पछिल्लो अभिब्यक्ति प्रति लक्षित गर्दै ठाकुरले यहाँ प्रधानमन्त्री भन्दा अरु कोही धामी झाकी नभएकोले आफूलाई लागेको भुत पनि उहाँ आफैले झार्ने गरेको टिप्पणी गरे ।
संविधान संसोधनप्रति टिप्पणी गर्दै उनले उत्कृष्ट संविधानमा लागु हुन अघि नै संसोधन भयो यो कस्तो उत्कृष्ट संविधान भनि प्रश्न गरे ।
महागठबन्धन निर्माणको विषयमा संघीय समावेशी गठबन्धनसँग छलफल भईरहेको बताउँदै गठबन्धनसँग मधेस आन्दोलनमा सुरुदेखिनै सहकार्य भईरहेको ठाकुरले जानकारी दिए ।
ठाकुरले आफ्नो भारत भ्रमण विसुद्ध स्वास्थ्य उपचारको लागि भएको स्पष्ट पार्दै भारतीय नेताहरु गणतन्त्र दिवसका कारण ब्यस्त भएकोले राजनीतिक कुरा नभएको बताए । उनले भने,‘ उहाँहरु गणतन्त्र दिवसमा हुनु हुन्थ्यो त्यसैले औपचारिक भेटवार्ता हुन सकेन । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।