0 COMMENTS

माघ १५, काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमा नाकाबाट आज केहि मालवाहक गाडी ओहोर-दोहोर भएका छन् । आज भारतबाट नेपाल छिर्ने र नेपालबाट भारत जाने गाडीहरु मितेरी पुलमा कुनै अबरोध नभएपछी ओहोर-दोहोर भएका हुन् ।

नाका अबरोध गर्न बसेका मितेरी पूलका धर्नाकारीहरुहरुले सवारीहरु ओहोरदोहोर गर्न दिएपछि केहि सवारीहरु नाका ओहोर-दोहोर गरेका हुन् । पहिल्यै भन्सार क्लियर भएर बसेका करिव एक दर्जन गाडीहरुलाई नाकामा कुनै अबरोध गरिएन प्रहरीले जनाएको छ ।
मेसिनरी सामानहरु बोकेका ति सवारीहरु नाकामा रोकिएका थिए । नाका खुकुलो भए पनि भारतीय पक्षबाट यस विषयमा कुनै औपचारिक जानकारी भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।