0 COMMENTS

cricketमाघ १४, काठमाडौँ । नेपालले बंगलादेशमा जारी अन्डर- १९ विश्वकपमा शक्तिशाली मानिएको न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्दै  जित हाँशिल गरेको छ ।नेपालले दिएको २३९ रनको लक्ष पछ्याएको न्यूजिल्याण्ड जम्मा २०६ रनमै अल आउट भएपछी नेपालले सानदार जित दर्ता गरेको हो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक तीन विकेट लिएका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल सकिंदा सात विकेट गुमाउदै २ सय ३८ रन जोडेको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रन, आरिफ सेखले ६० बलमा ३९ रन, सन्दिप सुनारले ३९ रन, सुनील धमलाले १५ रन जोडेका थिए । त्यस्तै योगेन्द्रसिंह कार्कीले ५ रन, राजवीर सिंहले २४ रन, दिपेन्द्र ऐरीले १६ रन र कुशल भुर्तेलले अविजित ३५ रन जोडेका थिए ।

जित दर्ता गर्ने क्रममा दिपेन्द्र सिहं ऐरीले महत्वपूर्ण ३ विकेट लिए भने प्रेम तामाङले २, सन्दिप लामिछाने र सुनिल धमलाको १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।