0 COMMENTS

Prachanda-14काठमाडौं, १४ माघ / सत्तारुढ दल एकीकृत नेकपा माओवादीले सरकारको काम कारबाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।

पार्टीकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसहित बिहीबार बसेको एमाओवादी स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकाल्दै जनअपेक्षाअनुसार काम गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

साथै एमाओवादी अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री केपीशर्मा ओलीसँग कुराकानी गर्ने भएका छन् ।

बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारको काम प्रभावकारी नभएकाले यसलाई प्रभावकारी र परिणाममुखी बनाउनेसन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग गम्भीर छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले आफ्ना मन्त्रीहरुले जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको पनि श्रेष्ठले जानकारी दिए ।

यसैबीच सरकार सञ्चालन सहयोग तथा समन्वय समितिको संयोजकबाट उपाध्यक्ष श्रेष्ठले दिएको राजीनामा फिर्ता लिएका छन् । उनले यसअघि नै अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएपनि स्वीकृत भएको थिएन ।

स्थायी समितिको अनुरोधलाई स्वीकार्दै आफूले राजीनामा फिर्ता लिएको र समितिको कामकारबाही जारी रहने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।