0 COMMENTS

Indo-Nepal-Busभीमदत्तनगर, १४ माघ । महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ ।

बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीले देशको विषम परिस्थितिमा पनि यातायात व्यवसायीले अनेक चुनौतीसँग जुधेर सेवा दिइरहेको बताए ।
बस सेवा सञ्चालनले नेपाल–भारत सीमा क्षेत्र गड्डाचौकी, वनबासा क्षेत्रमा नेपालीमाथि हुने लुटपाटका घटनामा कमी आउने बताउँदै उनले भारतीय भूमिमा नेपाली बसको सुरक्षामा ध्यान दिन भारतीय पक्षसँग आग्रह गरे ।

सो अवसरमा भारत उत्तर प्रदेश परिवन गाजियावादका अध्यक्ष एसपी सिंहले मैत्री बस सेवाले नेपाली यात्रुलाई सुविधा पुग्ने बताए ।

महेन्द्रनगरदेखि ३५० किमी दूरीमा रहेको नयाँ दिल्लीका लागि हरेक दिन एक नेपाली र एक भारतीय बस सञ्चालन हुने समितिले जनाएको छ । महेन्द्रनगर–दिल्लीको भाडा प्रतिव्यक्ति ५७० भारु तोकिएको छ ।

समितिका अध्यक्ष नवीन भट्टका अनुसार समितिले छिट्टै भारतको देहरादुनसम्म पनि बस सेवा सुरु गर्ने तयारी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।