0 COMMENTS

Ban-Ki-moon-sajhapostकाठमाडौं, १३ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले संवैधानिक प्रावधानका मतभिन्नता समाधानका लागि संविधान संशोधनको संसदीय कारबाहीलाई महत्वपूर्ण कदम भन्दै त्यसको स्वागत गरेका छन् ।

उनले वार्ताको माध्यमबाट बाँकी रहेका समस्या अधिकतम लचिलो भई निरुपण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे ।

वर्तमान सकारात्मक प्रगतिले नेपालका सीमा नाकाबाट आपूर्ति सामान्य तुल्याउन तथा पुनर्निर्माणको अतिमहत्वपूर्ण काम र अन्य अत्यावश्यकीय कार्यमा ध्यान पुनः केन्द्रित गर्न सहयोग पुग्ने आशा महासचिव बानले व्यक्त गरेको यहाँस्थित राष्ट्रसङ्घीय सूचना केन्द्रले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

संयमता र अहिंसाका साथ शान्तिपूर्ण वार्ता र समावेशी प्रजातान्त्रिक प्रक्रियामा आफ्ना प्रयासहरु अझ अधिक तुल्याउन उनले सम्बद्ध सबै पक्षलाई आह्वान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।