0 COMMENTS

काठमाडौं, १३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंह डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति नेपाल’का सदस्य हुने भएका छन् । नयाँ शक्ति नेपालको विस्तारमा लागेका डा.बाबुराम भट्टराइले पूर्वराजाका ज्वाई राजबहादुर सिंहलाई आफ्नो पार्टीको अन्तरिम केन्द्रीय परिषदको सदस्यमा ल्याउने तयारी गरेका छन् ।
‘नयाँ शक्ति नेपालमा जाने कुरा लगभग तय भइसकेको छ’ राजबहादुर निकट स्रोतले भन्यो ‘तर नाम घोषणा भने अहिले नै नगर्ने कुरा भएको छ ।’ डा. भट्टराईले पूर्वमाओवादी, कलाकर्मी, कांग्रेस, एमाले र दरवार निकटका ब्यक्तिलाई समेटेर नयाँ पार्टी निर्माण अभियान थालेका छन् ।
दरवार पनि एउटा शक्ति भएको र त्यसलाई समेटन भट्टराईले राजबहादुरलाई पार्टीमा भित्राउन थालेका हुन् । ‘लगभग दुई महिनादेखि निरन्तर कुरा चलेको थियो’ स्रोतले भन्यो ‘तीन हप्ता पहिले मात्र कुरा टुंगिएको हो ।’ राजबहादुर र बाबुरामबीच लगभग पाँच पटक घण्टौ छलफल पनि भएको थियो ।
राजबहादुर आफु एक्लै नगएर अन्य दरवार निकटका नयाँ ब्यक्तिलाई ल्याउने तयारी गरेका छन् । हाल हिन्दुवादी संगठनमा रहेका र दरवार निकटका युवा र नयाँ अनुहारलाई ल्याउने तयारी गरिएको स्रोतले बतायो । तर बाबुराम भट्टराई भने पुराना दरवार निकटका ब्यक्तिलाई ल्याउने पक्षमा छैनन् ।
राजतन्त्रका कट्टरविरोधी डा. बाबुराम भट्टराईले पूर्वराजाका ज्वाई राजबहादुरलाई नयाँ पार्टीको सदस्यमा तत्कालै नाम घोषणा गर्दा राम्रो संदेश नजाने भएपछि गोप्य राखिएको छ । तर दरवार निकटका ब्यक्तिहरुले भने नयाँ शक्तिमा जाने तयारी गरिरहेका छन् ।
पछिल्लो समय दरवार राजनीतिमा सक्रिय भएका बेला ज्वाई राजबहादुर राजतन्त्रका कट्टर विरोधी बाबुराम संयोजक रहेको पार्टीका सदस्य बनेका छन् । यो समिकरणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।एस काठमाण्डाै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।