0 COMMENTS

Jharana-Bajracharya-600x304१. सेक्सलाई कसरी हेर्ने गर्नुहुन्छ ?

सेक्स जीवन हो । हाम्रो शुरुवात नै सेक्सबाट भएको हो यसर्थ सेक्सलाई घृणापुर्वक हेर्न मिल्दैन जस्तो लाग्छ मलाई ।

२. सेक्सलाई जीवनको एउटा पाटो भनिन्छ, फेरी सेक्सलाई नै घृणापुर्वक हेरिन्छ यस्तो किन हुन्छ ?

सेक्सलाई घृणपुर्वक वा नकारात्मक रुपमा किन हेरिन्छ भने हाम्रो सामाजिक संरचनामै दोष छ, हामीलाई साने देखि सेक्स भनेको नराम्रो कुरा हो भनेर विश्वास दिलाइएको हुन्छ । त्यही विश्वासले गर्दा सेक्सलाई हामी नकारात्मक रुपमा लिन्छौ । तर वास्तवमा सेक्स जीवन हो सेक्स विना जीवन चल्दैन ।

३. ग्लामर क्षेत्रमा बढी सेक्सका कुराहरु हुन्छन् सेक्सले बढी प्रश्रय पाएको हो ?

मलाई त्यस्तो फिल हुदैँन । हाम्रो क्षेत्र शो विजनेश हो, शो विजनेशका कुरा पत्रपत्रिकाjharna, टेलीभिजनहरुले पनि बढी चर्चा गरिदिने गर्छन । त्यसैले सिनेमा वा ग्लामर क्षेत्रको कुराले बढी चर्चा पाउँछ । तर सेक्स जताजतै चलिरहने कुरा हो, अन्य क्षेत्रहरुमा सेक्सले त्यति चर्चा पाउँदैन यसर्थ हाम्रो क्षेत्रमा यस्ता कुराहरु बढी सुनिएका हुन् ।

४. हलिउड नायिका एन्जिलिना जोलीले एउटा म्यागजिनमा अन्र्तवार्ता दिने क्रममा म सुटिङ्मा जानु पुर्व आफ्नो सेक्स पार्टनरसँग सेक्स गरिसकेपछि मात्र सुटिङ्मा जान्छु, यसो गर्दा सुटिङमा म डिस्टर्व हुन्न भनेकी छिन…. यस बारेमा तपाईको बिचार के छ ? मैले त जीवनमा त्यस्तो गरेकी छैन । तर उनको दृष्टिकोण बुझ्दा र मुल्यांकन गर्दा उनी सुटिङ्मा जादाँ अपोजिट सेक्सप्रति आकर्षण हुन नपरोस् भन्नका खातिर यसो गर्दी हुन् । जे होस यो उनको कुरा हो, मैले चाहिँ अहिलेसम्म यस्तो गरेकी छैन ।

jharna५. आखिर सेक्स के हो त तपाईको बिचारमा ?

सेक्स सर्वव्यापी कुरा हो । यसलाई ठुलो इष्यु बनाउनुपर्ने कुरै होइन । यस्तै विचारका कारण म थुप्रै पटक विवादमा आइसकेकी पनि छु । तर सेक्स प्राकृतिक हो । यो सबैलाई थाहा भएकै कुरा हो । म सेक्सलाई दबाएर राख्न हुदैँन भन्ने मान्यता राख्छु । हाम्रो पिढीँले सेक्सका बारेमा, एड्सका बारेमा सबैले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । एड्स र कण्डमका कुरा गर्दा लजाउनु हुदैँन भन्ने मान्यता छ मेरो ।

६. सेक्स सजिलै बिक्ने कुरा हो भन्छन्, के लाग्छ तपाईलाई ?

यो सही हो । संसारकै पृष्ठभुमीको कुरा गर्ने हो भने पनि सेक्स सजिलै विकिरहेको अवस्थामा छ । यस्तै विचारहरुका कारण रजनीश पनि वद्नाम भएका थिए । यस्तै विचारले म पनि पटक पटक विवादमा पर्दै आएकी छु । तर वास्तविकतालाई स्वीकारर्नै पर्छ ।

७. पश्चिमा केही मुलुकहरुमा पोर्नो फिल्महरुको महोत्सव नै हुने गर्दछ, यसलाई सकारात्मक मान्न सकिन्छ ?

यस्ता महोत्सवहरु ह्ुनुलाई सकारात्मक नै हो भनेर भन्न सकिन्न । तर मानिसहरुमा आ–आफ्नो इच्छा हो । कसैले यस्ता चलचित्र हेर्न मन पराउँछन् भने त्यो उनहिरुको कुरा हो । तर म यस्ता कुराहरुलाई प्रमोट गर्ने पक्षमा छैन ।

८. तपाईलाई संसारमा सबैभन्दा सेक्सी महिला तथा पुरुषहरु को हुन जस्तो लाग्छ ? म्हिलाहरुमा हलिउडकी नायिका सल्मा हायक र कोन्डलिजा क्रुज सेक्सी लाग्छन् । पुरुषहरुमा त्यस्तो खासै सेक्सी लाग्ने कोही छैन ।

९. सेक्सी भन्नाले तपाईको बुझाई कस्तो रहेको छ ?

सेक्सी भन्नाले मुख्यतः सेक्स अपिल नै हो । सेक्स अपील पुरुष, युवती जसमा पनि हुनसक्छ । उनीहरुभित्र रहेको भित्री आभालाई कुशलतापुर्वक प्रदर्शन गर्न सक्नुलाई नै सेक्सी हो भनेर बुझ्न सकिन्छ ।

१०.तपाईको पहिलो सेक्स अनुभव ?

यो चाही नितान्त व्यक्तिगत कुरा हो । यसलाई म शेयर गर्न चाहदिन ।

११. आजको युगमा पनि सेक्सका बारेमा खुलेर कुरा गर्नेहरु हुदैँनन् किन होला ?

सेक्सलाई लिएर मानिसहरुमा मनभित्र थुप्रै कुरा दविएर रहेका छन् । जुन कारणले गर्दा सेक्सका बारेमा खुलेर कुराहरु हुदैन्न । सर्वप्रथम सेक्स खराब हो भन्ने मानसिकतालाई पन्छाउनु जरुरी छ । यो भएमा सेक्सका बारेमा कुराहरु हुन थाल्नेछन् ।

– न्यूजब्यांकनेपाल अनलाईनबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।