0 COMMENTS

KP-Oliकाठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको अघोषित नाकाबन्दी सहज नभई भारत भ्रमण गर्नु वाञ्छनीय नभएको बताएका छन्।

‘अवस्था सामान्य नभई भ्रमण गर्नु बाञ्छनीय हुँदैन,’ प्रधानमन्त्री नियुक्तिको १ सय सातौँ दिनमा पहिलो पटक मंगलबार राजधानीस्थित सम्पादकहरुसँग सरकारी निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नाकाबन्दी एकदुई दिनमै खुल्छ।’
यसअघि पटक पटक खुल्छ भने पनि बन्दै रहेको स्थितितर्फ ध्यानाकर्षण गर्दै नाकाबन्दी खुल्ने आधार के हो भनी सोधिएको प्रश्नमा उनले भने,‘नाकाबन्दी नखुल्नुपर्ने कारण छैन।’ नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।