0 COMMENTS

वीरगन्ज, माघ १२ । भारतीय भन्सार कार्यालयले नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । सुरक्षाको कारण देखाउँदै मंगलबार विहानदेखि एक्कासीा नेपालबाट भारत प्रबेश गर्ने गाडीलाई कडाइ गरिएको हो । भारतले सीमामा नयाँ नियम लागू गरेको बताएको छ अब देखि भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न पाउने छैनन् ।

रक्सौलसहित नेपाल–भारतका २३ व्यापारिक नाकामा यो नियम लागू गरिएको बताइएको छ ।
भारतले नेपाली नम्बरका मोटरसाइकललगायत सवारी–साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू भएकोे रक्सौल कस्टमका एसिस्टेन्टले जनाएका छन् ।

नेपाली नम्वरका सवारी साधन विहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रवेश गर्न पाउने जनाइएको छ ।

विहारको पटना सीमा शुल्क विभागले गत पुस १४ गते जारी गरेको सार्वजनिक सूचना अनुसार आजदेखि रक्सौल नाकामा पनि यो नियम लागू गरिएको रक्सौल भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।