0 COMMENTS

सुन्दरदुलारी मोरङ, ११ माघ । मोरङबाट पश्चिमतर्फ जाँदै गरेका दुईवटा ट्रक गएराति एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक सिन्धुली लगावी–३ का २६ वर्षीय हरि कार्की रहेका छन् ।

सुनसरीको इनरुवा सखुवागाछी–९ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ना ३ ख २५२७ नंको ट्रकलाई सोही दिशामा गइरहेको ना ५ ख ६१३८ नंको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । अर्का ट्रक चालक सिन्धुली ताप्लेखोलाका प्रवीण मगर गम्भीर घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।