0 COMMENTS

cold-chisoविराटनगर, ११ माघ । पूर्वी क्षेत्रमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । तीन/चार दिनदेखि बाक्लो हुस्सुका साथै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणका साथै चौंपाया र आलुुबालीमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ ।

अत्यधिक चिसाका कारण मानिस घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । विराटनगर बजारमा बाटो हिँड्नेहरूको चहलपहल निकै कम भएको छ । चिसोका कारण व्यापार व्यवसायमा समेत प्रभाव परेको छ ।

अत्यधिक चिसोका कारण गृहिणीहरूमा बढी असर पर्ने गरेको गृृहिणी अमिता झा बताउछिन्, ‘घरको कामकाज गर्दा पटकपटक पानी चलाइरहनु पर्ने हुँदा अत्यधिक जाडो हुने र रुघाखोकीको प्रकोपलगायतका कठिनाई हुने गरेको छ ।’

अत्यधिक चिसोको प्रभाव सरकारी कार्यालयमा पनि देखिएको छ । विराटनगरस्थित अधिकांश कार्यालयमा विगतका दिनको तुलनामा सेवाग्राहीको चाप पातलिएको कार्यालयले जनाएको छ ।

चिसोको प्रभाव सार्वजनिक यातायातका साधनमा पनि देखिएको छ । विगत दुई दिनदेखि काठमाडौँं, विराटनगर विमानसेवा अवरुद्ध भएका छन् ।

यसैबीच, शीतलहरका कारण आलुखेतीमा नकारात्मक असर पर्न थालेका छन् । आलुबोटको पात सुक्नाका साथ बोट पनि मर्नसक्ने भएकाले किसान चिन्तित देखिन्छन् । चिसोको प्रभाव चौंपायालाई समेत परेको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।