0 COMMENTS

Limbuwan माघ १०, ताप्लेजुङ । मोरङको रंगेलीमा बिहिबार भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आज पुर्वका नौ जिल्लामा यातायात बन्दको आवाहान गरेको छ । यातायात बन्दको कारण आज विहानै देखि ताप्लेजुङ सहित पुर्वको जनजिवन प्रभावित बनेको छ ।

एमाले निकट युवासंघको आमसभालाई सफल पार्न सरकारलेनै मोरङको रंगेलीमा ३ जनाको गोली हानी हत्या गरेको आरोप लगाउदै लिम्बुवानले सो घटनाको विरोधमा आज पुर्वका नौ जिल्लामा यातायात बन्दको आवाहान गरेको हो ।

यातायात बन्दको कारण विहानै देखि ताप्लेजुङ सहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । यातायात बन्द हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

संघिय लिम्बवान पाटी नेपाल सहितको विभिन्न ४ पाटी सम्मिलीत लिम्बवान संयुक्त संघर्ष समितिले हिजो विज्ञप्ति जारी गर्दै निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्य आतंकको चरम रुप भएको भन्दै घटना प्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । सो समितिले अहिलेको संबिधानलाई लिम्बुवानले मानेको छ भनेर राज्यले अन्तराष्टिय जगत सम्म गलत हल्ला फिजाईरहेको भन्दै अबका आन्दोलन राजधानी केन्द्रित गर्ने तयारी भईरहेको समेत सो समितिले जनाएको छ ।

गत बिहिबार मोरङको रंगेलीमा एमाले निकट युवासंघले आयोजना गरेको कार्यक्रमलाई मधेसी मोर्चाले बिथोल्न खोज्दा दुई पक्ष विच हुने झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर तिनजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।