वीरगन्ज, १० माघ । मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको पर्सा सदरमुकाम वीरगन्जको उद्योग व्यवसायमात्र धराशायी बनेको छैन, जिल्लाको उत्तरी भेगमा रहेको वन क्षेत्रमा समेत व्यापक फँडानी भइरहेको छ ।
मधेस आन्दोलन र भारतको नाकाबन्दीको मौका छोपी मध्य मधेसको पर्सा, बारा र रौतहटका वनमा तस्करले रजाँइ गरेका छन् ।
चुलो बाल्न इन्धन अभावमा दाउराको जोहोमा वन पस्ने समूहले हरिया रुख, बिरुवा र सालका रुखसमेत काट्न थालेका छन् ।खाना पकाउने ग्यासको अभावमा सरकारले दाउरा वितरण गर्न थालेपछि वन फँडानीले तीव्रता पाएको हो ।
यद्यपी अधिकांश दाउरा र काठ भारत तस्करी हुने गरेको छ । अहिलेको अवस्थामा वन कर्मचारी र सुरक्षाकर्मीले आँखा चिम्लिदा गलत प्रवृत्तिका व्यक्तिले फाइदा उठाएको वन क्षेत्रका स्थानीयको दाबी छ । एउटा रेन्जपोस्टबाट मात्र कम्तीमा १५ सय साइकल दिनँहु काठ ढुवानी हुन थालेको छ ।
एक साइकल दाउरा ओसार्दा कम्तीमा १५ सयदेखि २ हजारसम्म कमाइ हुन थालेपछि खेतीकिसानमा लागेका कामदार अहिले वन छिर्न थालेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।