0 COMMENTS

prachanda_sushil_kpवीरगन्ज, १० माघ । मधेसी दलहरूले पर्सा र बारामा कुनै पनि कार्यक्रम नगर्न प्रमुख तीन दललाई धम्की दिएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बारा र पर्सामा कुनै पनि कार्यक्रम नगर्न नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई धम्की दिएको हो ।

बाराको जितपुरमा शुक्रबार बेलुकी बसेको पर्सा र बाराका अगुवा नेताहरूको बसेको संयुक्त बैठकले पर्सा र बारामा प्रमुख तीन दलका कार्यक्रम गर्न नदिने निर्णय गरेको हो ।

बैठकपछि दुवै जिल्लाका मोर्चाका अगुवा नेताहरूले विज्ञप्ति जारी गरेर पर्सा र बारामा कुनै पनि कार्यक्रम नगर्न कांग्रेस, एमाले र एनेकपा माओवादीलाई धम्की दिएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।