0 COMMENTS

madesi-morcha-638x330-340x176काठमाडौं, ९ माघ । रंगेली घटनामा ३ प्रदर्शनकारीको मृत्युपछि आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दललाई बारा र पर्सामा कुनैपनि कार्यक्रम नगर्न धम्की दिएको छ ।
बाराको जीतपुरमा शुक्रबार बेलुकी बसेको मोर्चाका बारा र पर्साका अगुवा नेताहरुको संयुक्त बैठकले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीलाई कुनैपनि कार्यक्रम गर्न नदिने निर्णय गरेको हो । प्रमुख तीन दललाई मधेस विरोधी संविधान बनाएको आरोप लगाउँदै बारा र पर्साका मोर्चा नेताहरुले विज्ञप्ति नै जारी गरेका छन् । सरकारले बल प्रयोग गरेर आन्दोलन दबाउन लागि परेको भन्दै मोर्चाले रंगेली घटनाको बिरोधमा बारा र पर्सामा आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेको हो । मोर्चाको धम्कीपछि सत्तारुढ दल एमाओवादीले पर्सामा हुने भनिएको आफ्नो विस्तारित बैठकलाई स्थगीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।