0 COMMENTS

Prachanda_addresses_mass_meetहेटौँडा, ९ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा–काठमाडौं जोड्ने सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको ४९ औँ वार्षिक साधरणसभाको शनिबार उद्घाटन गर्दै उनले राष्ट्रको पूर्वाधार विकासलाई आधुनिकीकरण गरी रोजगारीका अवसर प्रदान गर्न सो सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले चाँडो निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको पनि जानकारी दिए । दाहालले सार्वभौम नेपालीको आत्मसम्मानमा ठेस नपुग्ने गरी भारतसँग परिपक्व कूटनीतिक माध्यमबाट छिट्टै वीरगन्ज नाका खुलाउने प्रयास भइरहेको छ, भने ।

दाहालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन र स्थानीय निकायलाई सुशासनतर्फ उन्मुख गराउन अहिले राजनीतिक दलहरुको नेतृत्वमा परिपक्वताको साथै जनताप्रति जिम्मेवार हुनुपर्ने तर्फ चनाखो हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री दाहालले जनतालाई सामाजिक न्यायसहित आर्थिकरुपमा समृद्ध बनाउन सरकार र दलहरु एकजुट हुनुपर्छ, भने ।

सो अवसरमा उद्योग राज्यमन्त्री मेघराज नेपालीले नाकाबन्दीले उद्योगको उत्पादनमा नोक्सान भए पनि उद्योग सञ्चालनालाई सरकारले छुट्टै विद्युत् लाईनको विस्तार गर्न उद्योग ऐनलाई संशोधन गर्नेतर्फ गृहकार्य भइरहेको बताए ।

सांसद रामनारायण बिडारीले मकवानपुरलाई औद्योगिक शान्ति क्षेत्र घोषणा गर्नुपर्ने र हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न सरकारले थप जग्गा उपलब्ध गराईदिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेकपा एमालेका मकवानपुरका मुनु सिग्देल, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष माधव रिसाल र वर्तमान अध्यक्ष राजकुमार न्यौपानेले उद्योग सञ्चालनमा आर्थिक सङ्कट आइपरेपनि बैंकले ऋण प्रदान गर्दा व्याज र किस्तामा सहुलियत प्रदान गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री दाहालले सांसद बिडारी, सञ्चारकर्मीहरु सुदीप सिवाकोटी, एमपी शर्मा र बालकृष्ण अधिकारीलाई सम्मान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।