बिराटनगर, माघ ८ । बिहिबार प्रहरीसँगको मुडभेडमा तीनजनाको ज्यान गएपछि रंगेली शुक्रबार बिहानैदेखि अशान्त बनेको छ ।
मोर्चासम्बद्ध प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेका छन् । बिहिबारको घटनाबाट आक्रोशित कार्यकर्ताहरुले रंगेलीस्थिति चोक्राहामा रहेको सशस्त्र प्रहरी वेस क्याम्पमा आक्रमण गरी निर्माणाधिन भवनको गारो भत्काएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले मोटरसाइकलमाथि समेत आक्रमण गरेका छन् ।
बिहीबार एमालेको भातृ संगठन युवा संघ नेपालले रंगेलीमा आयोजना गरेको कार्यक्रममा मोर्चा कार्यकर्ताले अववरोध पुर्याएपछि भएको झडपमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको थियो। मोर्चाले भने खुकुरी प्रहारबाट एकजनाको ज्यान गएको जनाएको छ ।
रंगेली बजार, यातायात बन्द छ। मोर्चाका कार्यकर्ताले बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरेका छन्। बजारका चोक र सडकमा सुरक्षाकर्मी परिचालन बाक्लो पारिएको छ।