0 COMMENTS

काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिचको बैठकले मोर्चाले भनेजस्तो तराई मधेसमा दुई प्रदेश कुनै हालतमा स्वीकार्य नहुने निश्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार बसेको बैठकले संविधान संशोधन मार्फत मधेस आन्दोलनलाई मत्थर पार्ने निश्कर्ष निकालेको हो । मधेस आन्दोलन एकै पटकमा अन्त्य नहुने भन्दै कांग्रेस एमालेको बैठकले मधेसका जायज माग अहिलेकै संविधानमा समेट्ने र आन्दोलन मत्थर पार्दै बाँकी माग समेट्ने निश्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले मधेसको सवालमा दुवै दलको साझा धारणा रहेको दावी गरे । बैठकले संसदमा जारी संविधान संशोधन प्रकृया शनिबार नै टुंग्याउने निर्णय गर्दै अध्ययनका लागि कांग्रेसबाट महेश आचार्य, विमलेन्द्र निधि र मिनेन्द्र रिजाल तथा एमालेबाट भीम रावल, अग्नी खरेल र भानुभक्त ढकाल सम्मेलित कार्यदल बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।