0 COMMENTS

is (3)माघ ७, काठमाडौं । अमेरिकी डलरको मुल्य अहिलेसम्मकै माथिल्लो विन्दुमा पुगेको छ । आज नेपाली बजारमा एक अमेरिकी डलरको मूल्य १ सय ९ रुपैयाँ २४ पैसा पुगेको छ । जुन हालसम्मकै माथिल्लो बिन्दु हो ।

अहिलेको डलरको मूल्यले २०७१ भदौ महिनाको १०९ रुपयाँको रेकर्ड तोडेको हो । अहिले त्यसबेलाको भन्दा २४ पैसा बढेको छ । अमेरिकी अर्थतन्त्र बलिया हुँदै गएकोले अमेरिकी डलर महंगिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालमा नाकाबन्दीको प्रभावले डलरको भाउ बढेको भन्नेहरु पनि छन् तर राष्ट्र बैंकका अनुसार नेपालको अर्थतन्त्र आयातमा आधारित भएको तथा भापनि भने देशलाई घाटा हुन्छ तर नागरिकले भने बढी पैसा प्राप्त गर्छन । डलरमा तिर्नु पर्ने हुँदा बिदेशमा नेपालले तिर्नुपर्ने ऋणपनि बढ्ने गर्छ ।

नेपालबाट विदेश निर्यात हुने सामान, पर्यटन तथा विदेशमा ब्यापार गर्ने उद्योगलाई भने यसले फाइदा दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।