0 COMMENTS

Eknath-Dhakalकाठमाडौं, माघ ७ । शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले कानुनविपरीत ५ हजार अमेरिकी डलर सञ्चित राखेको पाइएको छ । विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा १२ को विदेश भ्रमणमा जाँदा राहदानीबापत पाइने सटही सुविधा र सञ्चित गर्न पाउने अमेरिकी डलरको सीमाभन्दा बढी रकम राखेर ढकालले कानुनको उल्लंघन गरेका हुन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा आफूसित ५ हजार अमेरिकी डलर रहेको उल्लेख गरेका छन् । उनले सम्पत्ति विवरणमा विदेश भ्रमणमा विभिन्न पटक जाँदा सटही गरेको र प्राप्त भएको ५ हजार डलर आफूसँग रहेको उल्लेख गरेका छन् ।

राष्ट्रबैंकले विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको परिपत्रमा निजी तथा औपचारिक तवरले विदेश भ्रमणमा जाने व्यक्तिले अर्को भ्रमणमा उपयोग गर्ने गरी १ हजार डलरमात्र आफैंसँग वा बैंक खाता खोली राख्न पाउने उल्लेख छ ।

‘राहदानी सुविधाअन्तर्गत लिइएको सटही सुविधाबापतको रकम भ्रमण सकी बाँकी रहन गएमा अधिकतम एक हजार अमेरिकी डलर वा सोबराबरको अन्य विदेशी मुद्रा अर्को भ्रमणमा उपयोग गर्न सक्ने गरी सम्बन्धित व्यक्तिले आफैसँग वा आफ्नो नाममा बैंकमा विदेशी मुद्रा खाता खोली राख्न सक्नेछन्’ परिपत्रमा उल्लेख छ ।

‘जिम्मेवार मन्त्रीले ५ हजार अमेरिकी डलर सञ्चित राखी सम्पत्ति विवरणमा समेत उल्लेख गर्नु विदेशी विनिमय ऐन र त्यसको पालनाका लागि राष्ट्रबैंकले जारी गरेको परिपत्रको ठाडो बर्खिलाप हो’ राष्ट्रबैंकका एक अधिकारीले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।