0 COMMENTS

काठमाडौ ७ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा फेरि अस्वस्थ भएका छन् । केही दिन अघि मात्र भारतको दिल्लीबाट उपचार गराई फकेृका महतो फेरि अस्वस्थ भएका हुन् । महतोलाई उच्च रक्तचापको समस्या देखिएको हो। हिजो लहानमा पार्टी कार्यकर्तासँगको भेटघाटमा अचानक उच्च रक्तचाप बढेर महतो बेहोस भएका थिए। महतोलाई टाउको दुख्ने, रक्तचाप उच्च हुने, रिँगटा लाग्ने र आँखा दुख्नेलगायतका समस्या देखा परेको सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
रक्तचाप बढ्ने समस्या पुन देखिएपछि चिकित्सकको सल्लाहमा उनी अहिले आराम गरिरहेका छन् । पुष ११ गते विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा झडपमा घाइते भएका महतो दिल्लीमा उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।