0 COMMENTS

prachanda_sushil_kpकाठमाडौं ,७ माघ/ आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोन गर्ने विषयमा सहमति जुटाउन आज प्रमुख तीन दल तथा मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन् । अहिले केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने शीर्ष नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावका आधारमा समाधान खोज्ने विषयमा छलफल हुने बताइएको छ ।
हिजो बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा आज मोर्चासँग लचकताका साथ छलफलमा सहभागी हुने र संविधान संशोधनका लागि सहमति जुटाउन सहमति भएको थियो । प्रमुख दलहरु मोर्चाका मागमा उदासिन भएको भन्दै सोमबार मोर्चाका नेताहरुले कार्यदल स्तरमा छलफल गर्नुको औचित्य नभएको भन्दै कार्यदलको बैठकमा नबस्ने घोषणा गरेको थियो । मोर्चाको उक्त कदम पछि शीर्ष नेताहरुनै सहमति जुटाउने प्रयासमा जुटेका हुन् ।
आज मोर्चाका नेताहरुसँग छलफल गरी शनिबार संविधान संशोधन गर्ने शीर्ष नेताहरुको तयारी छ । मोर्चाले पछिल्लो समय तराईमा दुई प्रदेशको सुनिश्चितता माग गर्दै आएको छ । सीमांकनबारे विवाद टुंग्याउन निर्माण गरिने संयन्त्रलगायतका अन्य विषयमा भने कार्यदल स्तरमै सहमति जुटिसकेको छ । प्रदेशको संख्यामा आज सहमति जुटाउने र शनिबार संविधान संशोधन गर्ने तयारीमा रहेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।