0 COMMENTS

Nepal-Airlines-A320काठमाडौ ,६ माघ/निजी विमान कम्पनीले आजदेखि लागुहुने गरी हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि विमान कम्पनीले आन्तरिक रुटमा लागु हुनेगरि हवाई भाडा घटाएका हुन् ।
आयल निगमले सोमबार रातिदेखि लागु हुनेगरी हवाई इन्धनको मूल्य एक लिटरमा ६९ रुपैयाँ घटाएर १ सय ६४ रुपैयाँमा झारेको थियो । आन्तरिक विमान कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले ७ सय ७५ देखि बढीमा दुई हजार ६ सय ७० रुपैयाँसम्म भाडा घटाएको जनाएको छ । नेपालगञ्ज र पोखराबाट सञ्चालन हुने पहाडी तथा लुक्लाबाट हुने हिमाली रुटको भाडा भने घटेको छैन ।
गएको कात्तिकमा आयल निगमले हवाई इन्धनको मूल्य १ सय १५ रुपैयाँ बढाएर प्रतिलिटर दुई सय ३३ पु¥याएपछि निजी विमान कम्पनीले कम्तिमा १४ सयदेखि बढीमा ४ हजार ९ सय ७० रुपैयाँसम्म भाडा बढाएका थिए ।
यसैबीच, नेपाल विद्यार्थी संघले सवारी सधानको भाडादर तत्काल घटाउन माग गरेको छ । मुख्य विपक्षी दल नेपाली काँग्रेसका भ्रातृ संगठन नेविसंघले एक विज्ञप्ति जारी पेट्रोलियम पदार्थको मूल्य घटेपनि सवारी साधनको भाडादर नघटेको भन्दै तत्काल भाडा घटाउन र विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिन सरकारसँग माग गरेको हो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।