0 COMMENTS

काठमाडौं ६ माघ / सरकारले आगामी सातादेखि पूर्ण तौल (१४.२ किलो) को सिलिन्डर उपलब्ध गराउने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघ, वाणिज्य तथा आपूर्ति विभाग र नेपाल आयल निगमको सहमार्यमा आपूर्ति मन्त्रालयले आगामी सातादेखि पूर्णतौलको सिलिन्डर उपभोक्तालाई बिक्री गर्ने तयारी गरेको हो । गत असोजदेखि भारतबाट पर्याप्त मात्रामा ग्यासको आपूर्ति नहुँदा सरकारले कात्तिक ११ गतेदेखि १४.२ किलो तौलको ग्यास ७.१ किलोको गरी दुईवटा सिलिन्डरमा बाँड्ने व्यवस्था गरेको थियो ।

वाणिज्य विभागका निर्देशक हरिप्रसाद बेलबासेले ग्यासको आपूर्ति बढेकाले भरि सिलिन्डर उपलब्धख गराउन लागिएको जानकारी दिए । अहिले सरकारले आधा तौल भएको सिलिन्डर उपभोक्तालाई बिक्री गर्दै आएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।