0 COMMENTS

Nepal-1काठमाडौं, ६ माघ । माल्दिभ्सविरुद्ध शानदार जीत निकाल्दै नेपाल बङबन्धु कपको फाइनलमा प्रवेश गरेको छ । नवयुग श्रेष्ठको हृयाट्रिकको मद्दतमा मंगलबार भएको खेलमा माल्दिभ्सविरुद्ध ४–१ को शानदार जित हात पार्दै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको हो ।

यो माल्दिभ्सविरुद्ध नेपालको १७ वर्षपछिको पहिलो जित हो । यसअघि नेपालले माल्दिभ्सलाई सन् १९९९ हराएको थियो । ढाकास्थित बङबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपालले ३० औं मिनेटमा नवयुग श्रेष्ठको गोल गर्दै नेपालका लागि खाता खोलेका थिए । रविन श्रेष्ठको पासमा विमल घर्ती मगरको प्रहार बारमा लागेर फर्किएको बललाई नवयुगले गोलमा बदलेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो ।

पहिलो हाफको अन्तिमतिर माल्दिभ्सको शक्तिशाली प्रहारलाई नेपालका गोलरक्षक विकेश कुथूले उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता कायमै राखे । इशा इमालीको प्रहार कुथूले पन्च गरेर बचाएका थिए । दोस्रो हाफको ५३ औं मिनेटमा विशाल राईले अर्को गोल थप्दै नेपाललाई २-० को अग्रता दिलाए । ६२ औं मिनेटमा नवयुगले दोस्रो गोल गरे ।
७७ औं मिनेटमा माल्दिभ्सका नासिद अहमदले गोल गर्दै खेलमा फर्कन गरेको प्रयासलाई नवयुगको हृयाट्रिकले असफल पारिदियो र नेपाललाई ४-१ को शानदार जित हासिल भयो । नेपालले अब उपाधिका लागि शुक्रबार बहराइनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।