0 COMMENTS

ncभक्तपुर, ६ माघ । कांग्रेसले मरेका, पार्टी परित्याग गरेका तथा फाराम नै नभरेकालाई समेत क्रियाशील सदस्यको सूचीमा प्रकाशित गरेपछि भक्तपुर कांग्रेसमा खैलाबैला मच्चिएको छ।

भक्तपुर कांग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक र धेरै संख्यामा क्रियाशील सदस्यको सूची आएपछि खैलाबैला भएको हो। कांग्रेसका भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले जिल्लाले निर्णय गरेर पठाएको भन्दा धेरै फरक क्रियाशीलहरुको सूची सार्वजनिक भएको बताए।

भक्तपुरको साविक बालकोट गाविस ९ बस्ने थीरकुमारी कार्कीको निधन भएको ६ वर्ष भएपनि उनको पनि क्रियाशील सदस्यमा नाम परेको छ।

चत्रधरका अनुसार अन्य पाँच ६ जना पनि मरेका व्यक्तिहरु परेका छन्। हाल राप्रपा नेपालको भक्तपुर जिल्ला सचिव रहेका मुकुन्द कार्कीको नाम पनि कांग्रेसको क्रियाशील सदस्यमा आएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।