0 COMMENTS

Nirman-Projectकाठमाडौं, ६ माघ। भूकम्प प्रतिरोधात्मक प्रविधि र निर्माण सामग्रीबारे जानकार डकर्मी भए क्षति कम हुने आँकलन गर्दै ललितपुर उपमहानगरपालिका कार्यालयले भवन निर्माणमा प्रत्यक्ष संलग्न हुने डकर्मी र मिस्त्रीका लासिग तालिम दिन थालेको छ । तालिमप्राप्त डकर्मी र मिस्त्रीलाई उपमहानगरले प्रमाणपत्र दिने र त्यस्ता कामदारले प्राथमिकता पाउने उपमहानगरले अपेक्षासमेत गरेको छ ।

उपमहानगरले हालसम्म करिब पाँच सय डकर्मी र मिस्त्रीलाई भूकम्पप्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम दिइसकेको छ । तिनलाई पुनः अर्को चरणको तालिम दिएपछि प्रमाणपत्र उपलब्ध गराइने भएको छ ।

भवन निर्माण तालिमअन्तर्गत पिलरका लागि डण्डी राख्ने, खाल्डो खन्ने, डण्डी गाँस्नेदेखि झ्याल-ढोका कहाँ राख्ने अनि कसरी राख्ने, सिमेन्टको मात्रा कति हुनेसम्मको तालिम लिएका लाइसेन्सधारी डकर्मी र मिस्त्री ललितपुरको श्रम बजारमा अब उपलब्ध हुनेछन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।