0 COMMENTS

 

माघ ६ धादिङ/धादिङको कुम्पुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कुम्पुरको परेवाटारमा ढोला मण्डलीमा पूजा गरेर फर्किएका यात्रु चढेको बा ५ च ४९१८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा अन्य ३० जना घाइते भएका छन् ।

परेवाटारको घुम्तीमा ट्रयाक्टर अनियन्त्रित भइ पल्टिँदा गजुरी–१ का खड्गबहादुर उप्रेतीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका उप्रेतीको गजुरी स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको हो । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।