0 COMMENTS

prakash-sharan-mahatदाङ, ५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले अब पार्टीको सभापति वरिष्ठ नेता शेरबहादुर देउवा हुने सम्भावना व्यक्त गरेका छन् ।

तुलसीपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले देशभरका अग्रज काँग्रेस कार्यकर्ताको भावना पनि देउवालाई नै सभापति बनाउने रहेको जिकिर गरे । उनले पार्टी नेतृत्व देउवा र सरकारको नेतृत्व उपसभापति रामचन्द्र पौडेललाई दिनु पार्टी हितमा हुने बताए ।

वर्तमान सरकारले तीन महिनासम्म आकाश–पाताल जोड्ने तथ्यहीन र आधारहीन कुरा गरेर व्यतीत गरेको आरोप पनि उनले लगाए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।